Loading...

कांग्रेस भीत्र गयो भूकम्प,गगन थापा, सिंह,समूह एक देउवा एक्लिने पक्का !

Home  समाचार  कांग्रेस भीत्र गयो भूकम्प,गगन थापा, सिंह,समूह एक देउवा एक्लिने पक्का !
समाचार

कांग्रेस भीत्र गयो भूकम्प,गगन थापा, सिंह,समूह एक देउवा एक्लिने पक्का !


काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीका प्रभावशाली नेता प्रकाशमान सिंहसँग भेट गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित थापाले बुधबार काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सिंहलाई भेटेर जितको बधाई दिँदै खुसियाली साटसाट गरे ।







देशभर कांग्रेसले लज्जास्पद हार व्यहोरिरहँदा काठमाडौंमा पार्टीको साख जोगाउँदै जित हासिल गरेका यी दुई नेता फरक फरक खेमामा छन् । थापा कृष्ण सिटौला समूहमा छन् भने सिंह रामचन्द्र पौडेल समूहका नेता हुन् । तर, पछिल्लो समय यी दुबै नेताको विचार मिल्न थालेको छ पार्टी नेतृत्व परिवर्तनको सवालमा ।

निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएपछि गगन थापाले हस्तक्षेप गरेरै नेतृत्व लिने बताइसकेका छन् । त्यस्तै, सिंहले कांग्रेसलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने र नेतृत्व फेर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । दुबै नेताको समान धारणा आएको बेला प्रकाशमान र गगनको भेट अर्थपूर्ण मानिएको छ । चाक्सिवारी निवासमा पुगेर गगनले लौहपुरुष एवं सर्वोच्च कमाण्डर गणेशमान सिंहको तस्वीर मुनी प्रकाशमानसँग भेट गरेको तस्वीरले कांग्रेसमा तरंग ल्याइदिएको छ ।

पछिल्लो समय कांग्रेसभित्र दोस्रो पुस्ताका प्रायःजसो नेता नेतृत्व फेर्ने पक्षमा देखिएका छन् । देउवा समूहमा रहेका नेता (चन्द्र भण्डारीहरु) समेत युवाले नेतृत्व पाउनुपर्ने भन्दै आवाज उठाउन थालेपछि सभापति देउवा दबाबमा परेका छन् । संस्थापन पक्षीय केही नेताले देउवाको बचाउ गर्दै आएका छन् ।

कांग्रेसनिकट उच्च स्रोतका अनुसार पछिल्लो समय देउवाविरुद्ध पौडेल र सिटौला समूह नजिक भएका छन् । सरकार र पार्टीमा बसेर मनोमानी गर्दै एकलौटी ढंगले अघि बढेको, हरेक काममा विवादमा मात्रै पर्ने गरेको र यसबाट पार्टीलाई क्षति पुगेको भन्दै देउवासँग पौडेल र सिटौला समूह असन्तुष्ट रहेका बेला निर्वाचनमा भोगेको पराजयले दुबै समूहलाई एक ठाउँमा ल्याइदिएको हो ।

बुधबार गगन प्रकाशमानलाई बधाई दिन चाक्सीबारी पुगेको भनिएपनि उनी सिटौलाको सन्देश बोकेर त्यहाँ पुगेका थिए । गएको महाधिवेशनबाट टाढा भएका गगन र प्रकाशमान नेतृत्व फेर्ने कुराले अहिले नजिक भएका छन् । दुबै नेता आफ्ना गुटका सुत्राधार हुन् । पौडेलसँग एक हुन सिटौलाले गगनलाई अघि सारेको स्रोतले बतायो ।

सिटौला र गगन थापाले छुट्टै समूह बनाएका कारण नै देउवाले गएको महाधिवेशनमा पार्टी सभापति जितेका थिए । सिटौला र पौडेलबीच तीनबर्ष यता दूरी बढे पनि पछिल्ला घटनाक्रमले उनीहरु नजिक देखिएका छन् । यी दुवै समूह एक हुँदा देउवा एक्लिने पक्का छ ।
SHARE

About basu bashyal

    Blogger Comment
    Facebook Comment

1 comments:

  1. Casinos like Lucky Day Casino Online - Grizzly
    It's the casino that 헬로우블랙잭 has the widest selection of exciting 토토사이트운영 games 승인전화없는 사이트 and 잭팟시티 bonuses, Lucky Day casino has all of the games you want 레드 벨벳 러시안 룰렛 on the go

    ReplyDelete