किन छाड्दैनन् माओवादी मन्त्रीले सरकार ? यस्तो छ देउवा नहट्नुको कारण
छैनन् । सरकार निर्वाचन भाँड्ने खेलमा लागेको भन्दै माओवादी मन्त्रीले सरकार छाडेका थिएनन् । अब निर्वाचन सम्पन्न भई मत परिणाम आइसक्दा पनि उनीहरूले सरकार किन छाडिरहेका छैनन् भन्ने विषय रहस्यमै छ ।स्रोतका अनुसार एमालेसँग पार्टी एकता गर्ने निर्णय भए पनि उसले सरकार गठनपछि मात्रै एकता प्रक्रियालाई अघि बढाउने भएकाले ‘बार्गेनिङ’ कै लागि माओवादीले सरकार छाड्न सकेको छैन । अहिलेसम्म एमालेकै नेतृत्वमा सरकार बन्छ भन्ने निश्चित छैन माओवादी केन्द्रले सहयोग नगरेमा । यदि पार्टी एकतामा सम्मानजनक हैसियत नपाए माओवादी आफ्नै नेतृत्वमा सरकार बनाउने पोजिसनमा रहेको छ । सोही कारण माओवादी मन्त्रीले राजीनामा नदिएको स्रोतले बतायो ।
धेरैलाई प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिएकाले नयाँ सरकार नबनेको हो । राजीनामा दिए पनि देउवा नै कामचलाउ प्रधानमन्त्री रहने हो । निर्वाचनपछि यो सरकार स्वतः कामचलाउ छ । नयाँ सरकार बन्न यसले राजीनामा दिरहनु पर्दैन । म छोड्दिन भनेको छैन । छोडि़्दन भने पनि राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गरेको र सपथ खाएको क्षण यो सकिन्छ । राजीनामा कुनै विषय नै होइन । राजीनामा दिएर नयाँ सरकार बन्ने अवस्था छैन, त्यसरी बन्ने अवस्थामा राजीनामा नै चाहिन्न ।
निर्वाचन आयोगले पूर्ण नतिजासहितको रिपोर्ट राष्ट्रपतिलाई नबुझाएसम्म नयाँ सरकार बन्न सक्दैन । उसले राष्ट्रिय सभाको परिणाम नआएसम्म प्रतिनिधिसभाको औपचारिक नतिजा नआउने बताइसकेको छ । प्रायः सबै दल यसमा सहमत भइसकेका छन् ।
सत्तालिप्सा त्यतिबेला हुन्थ्यो, यदि देउवा सरकारले राष्ट्रिय सभा निर्वाचनका निम्ति आवश्यक कानुनको व्यवस्था नै नगरी अड्काएर राख्दा हुन् । उनले दुई महिनाअघि नै आवश्यक कानुन पारित गर्ने प्रयास स्वरूप अध्यादेश राष्ट्रपतिकहाँ पठाइसकेका हुन् । त्यहाँबाट समयमै विधेयक पारित भएको भए राष्ट्रिय सभा गठन भइसकेको हुन्थ्यो र नयाँ सरकार बनिसक्थ्यो । विधेयक समयमै फिर्ता भएको भए पनि केही निकास निस्किने थियो । तर अहिलेसम्म औपचारिक रूपले राष्ट्रपतिको कार्यालयले त्यो विधेयक स्वीकृत या अस्वीकृत गरेको छैन ।
राष्ट्रपतिले सरकारले पठाएको अध्यादेश रोक्नु संविधानको मर्मविपरीत छ । त्यस्तो कार्यकारी अधिकार राष्ट्रपतिलाई छैन र नै उनका विरुद्ध अदालतमा मुद्दा नचल्ने प्रावधान राखिएको हो ।
बल सरकारको कोर्टमा छैन । संविधानले राष्ट्रिय सभाको निर्वाचन संघीय कानुनबमोजिम हुने भनेको छ । र, अहिले त्यस्तो कानुन अध्यादेशविना बन्न सक्दैन । हलो अड्किएको यसैमा छ । एमाले चाहन्छ, यस्तो चुनाब बहुमतीय प्रणालीले होस् । सरकारले समानुपातिक प्रतिनिधित्व हुने गरी एकल संक्रमणीय प्रणाली प्रस्ताव गरेको छ यो समानुपातिक निर्वाचनकै एउटा स्वरूप भएको र विगतका राष्ट्रिय सभा निर्वाचनमा प्रयोग भएको विधि हो ।
0 comments:
Post a Comment